डुडुवापछि कोहलपुरले आफैँ बनाउँदै अत्याधुनिक शवदाह गृह

मानिसको मृत्युपश्चात गरिने अन्तिम क्रिया TEST TEST
डुडुवापछि कोहलपुरले आफैँ बनाउँदै अत्याधुनिक शवदाह गृह

मानिसको मृत्युपश्चात : Photo by TEST

Sigourney Ortiz Image

नेपालगन्ज २० असोज : बाँकेको कोहलपुर नगरपालिकाले डुडुवा र रोहिनी खोलाको दोभानमा अत्याधुनिक शवदाह गृह निर्माण गर्ने भएको छ । कोहलपुर नगरपालिका–११ स्थित उक्त स्थानमा बन्न लागेको शवदाह गृहको आज शिलान्यास गरिएको छ ।TEST

मानिसको मृत्युपश्चात गरिने अन्तिम क्रिया दाहसंस्कारलाई व्यवस्थापन गर्न डुडुवा गाउँपालिका वडा नम्बर–५, राप्ती नदीको सिधनिया घाटमा गाउँ कार्यपालिकाले ‘वैकुण्ठधाम’ निर्माण गरिरहेकै बेला कोहलपुर नगरपालिकाले समेत शवदाह गृह बनाउन थालेको हो । TEST

दाहसंस्कार गर्ने स्थान व्यवस्थित र सहज नभएपछि मानिसको मृत्युपश्चात गरिने अन्तिम संस्कार गर्न अप्ठेरो हुने गरेको थियो । यसले अब कोहलपुर क्षेत्रका नागरिकलाई गुमाएका आफन्तको अन्तिमक्रिया गर्न सहज र सरल हुने भएकोछ ।TEST

कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी, वडा अध्यक्ष कल्पना शर्मा अधिकारी, शवदाह गृह निर्माण समितिका संयोजक चक्र अधिकारीले शवदाह गृहको संयुक्तरुपमा शिलान्यास गरे । TEST

Lewis Yates Image

नगर प्रमुख आचार्यले शवदाह निर्माण भएपछि करिब ४२ किलोमिटर टाढा अगैया घाटसम्मको झन्झटिलो, कष्टकर र खर्चिलो अवस्थाको अन्त्य हुने बताए । TEST

‘कोहलपुरमा शवदाह गृह नहुँदा शव अन्त्यष्टिका लागि राप्तीसोनारीको अगैया र बबई समेत लग्नुपर्ने बाध्यात्मक परिस्थिति थियो,’ उनले भने–‘अब त्यो अवस्था रहँदैन ।’

प्रारम्भिकरुपमा करिब एक करोड २५ लाख माथिको बजेटबाट निर्माण सम्पन्न हुने गरी काम अगाडि बढाइएको उनले बताए ।  TEST

नगर उपप्रमुख सुवेदीले गरीव तथा विपन्न परिवारमा कसैको मृत्यु हुँदा शव अन्त्यष्टि गर्न लैजान नै महंगो पर्ने अवस्थाको कोहलपुर शवदाह गृहले अन्त्य गर्ने बताइन् । TEST

नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले नगरबासीको चाहना र आवश्यकतालाई बुझ्दै नगर प्रमुख आचार्य नेतृत्वको टिमले कोहलपुरमा शवदाह गृह निर्माणको काम प्रारम्भ गरेकोमा खुसी व्यक्त गरे । TEST

तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी कोहलपुर शवदाह गृहको शिलान्यास गरिएको शवदाह गृह निर्माण समितिक संयोजक अधिकारीले जानकारी दिए । TEST

BackSpace Technologies Image

शवदाह गृहमा काठ र मेसिनबाट शव जलाउन मिल्ने व्यवस्था मिलाइनेछ । त्यहाँ मलामीहरु बस्नका लागि संरचना बनाइने छ भने शौचालयको पनि व्यवस्थापन गरिनेछ । TEST

अधिकारीका कोहलपुर शवदाह गृह निर्माणका लागि ग्लोवल बैंकले ५० लाख रुपैयाँ सहयोग गरिसकेको छ भने एभरेष्ट बैंक र गोल्छा ग्रुपले पनि सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।TEST

पछिल्लो पटक विश्वब्यापी महामारी बनेको कोरोनाकालमा कोभिडबाट ज्यान गुमाउनेहरुको शवदाह गर्नेक्रममा ब्यवस्थित र पक्की घाट निर्माणको बहस चुलिएको थियो । TEST

उक्त बहस चुलिएपछि मानिसको मृत्युपछि समशान घाटमा गरिने अन्तिम संस्कार व्यवास्थापन गर्नका लागि उच्च अदालत तुलसीपुर, नेपालगन्जले २०७८ भदौमा बाँके र बर्दिया जिल्लाका सबै पालिकाहरुलाई ‘घाट’ व्यवस्थापनका अन्तरिम आदेश दिएको थियो ।TEST

त्यसैलाई मध्यनजर गर्दै बाँकेको डुडुवा गाउँपालिका र कोहलपुर नगरपालिकाले छुट्टा छुट्टै दाहसंस्कार गर्ने स्थानको व्यवस्थापनमा लागेका छन् ।TEST