दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस

नेपालगन्ज ६ असोज : विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस

Veniam cillum quis

Sigourney Ortiz Image

नेपालगन्ज ६ असोज : विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत पेस गरिएको छ। आईतबार दिउँसो आफ्नै निवास भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई म्याद थपका लागि अदालतमा पेस गरेको हो ।

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासमा अहिले बहस भइरहेको छ। 

भक्तपुरबाट उनलाई साइबर ब्युरो लगिएको थियो । त्यहाँबाट अस्पताल लगेर उनको मेडिकल जाँच भएपछि प्रहरीले उनलाई जिल्ला अदालत लगेको हो । 


Lewis Yates Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए। 

सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो।


BackSpace Technologies Image

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो ।