पुल नहुँदा दुई पालिकाका बासिन्दालाई सास्ती

पालिकाका बासिन्दालाई सास्ती
पुल नहुँदा दुई पालिकाका बासिन्दालाई सास्ती

क्ष दिनेश थारुले लामो समयदेखि स्थानीय ज

Sigourney Ortiz Image

कोहलपुर ६ असोजः बाँकेलाई अति सुगम जिल्लाको रुपमा लिईंदै आए पनि अझ यो जिल्लामा समेत धेरै ठाउँमा पुल, सडक र बिद्युत नपुग्दा स्थानीयले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । 

सोही क्रममा जिल्लाको कोहलपुर नगरपालिका र बैजापुर गाउँपालिकालाई जोड्ने प्रमुख स्थान मानिने पेडारीमा रहेको खोलामा पक्की पुल नहुँदा दुबै पालिकाका स्थानीयलाई आवागमन गर्न समस्या हुँदैआएको छ । 

दुई पालिकाका स्थानीयको सोही समस्यालाई दृष्टिगत गरी दुबै पालिकाको पहल र प्रयासमा हाल आएर पेडारीमा सात करोड रुपियाँको लागतमा पक्की पुल निर्माण सुरु भएको छ । सो पुल निर्माणका लागि कोहलपुर र बैजनाथका जनप्रतिनिधिले संयुक्त रुपमा शिलान्यास गरेर निर्माण सुरु गराएका हुन् ।

Lewis Yates Image

कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्य, वडा १५ का वडा अध्यक्ष दिपेन्द्रकुमार चौधरी, वडा १४ का अध्यक्ष नमबहादुर आले, वडा ८ का वडा अध्यक्ष लालबहादुर राना र बैजनाथ गाउँपालिका वडा ७ का वडा अध्यक्ष दिनेश थारु र वडा ५ का वडा अध्यक्ष देवबहादुर रावतले संयुक्त रुपमा पुल निर्माणको शिलान्यास गरे ।

कोहलपुर नगरपालिका मेयर आचार्यले पेडारीमा पक्की पुल नहुँदा कोहलपुर १५ र बैजनाथ ५ र ७ का वडाबासीलाई लामो समयदेखि आवात–जावतमा निकै समस्या भोग्नु परेको जनाउँदै पुल बनेपछि धेरै सहज हुने बताए ।

Kenyon Mcintyre Image

उनले पुल नहुँदा बर्षाको समयमा बालबालिका पढ्न नपाउने, खेती गरेका किसानले आफूले लगाएको बाली समेत लिन नपाउने लगायत विभिन्न सास्ती भोग्नु परेकोमा अब त्यसबाट मुक्ति पाइने बताए ।

बैजनाथ गाउँपालिका वडा ७ का वडा अध्यक्ष दिनेश थारुले लामो समयदेखि स्थानीय जनताको माग र निर्वाचनमा भोट माग्ने माध्यम रहेको यो पुलको निर्माण सुरु हुनु यस क्षेत्रको बिकासका लागि अति राम्रो भएको बताए ।

कोहलपुर र बैजनाथका जनप्रतिनिधिको निरन्तर प्रयासका कारण संघीय सरकारले बजेट पठाएपछि सो पुलको निर्माण सुरु गरिएको कोहलपुर १५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीले बताए ।

कोहलपुरका मेयर आचार्यले आफुले निर्वाचनको बेला जनतासँग यो पुल बनाउने प्रतिवद्धता गरेकोमा हाल आएर सो पूरा गर्न पाउँदा खुशी लागेको बताए । उनले पुल निर्माण पश्चात कोहलपुर र बैजनाथका ग्रामीण भेगका सयौं बासिन्दाहरु प्रत्यक्ष लाभान्वित हुने बताए ।